image
image

पर्वतका ३२ हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा

काठमाडौँ, १०, जेष्ठ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएको लामो समय बितिसके पनि पर्वतमा अझै नागरिकको आकर्षण भने बढ्न सकेको छैन। पर्वतमा हालसम्म झण्डै ३२ हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा आएका छन्।

राष्ट्रिय जनगणना, २०७८ का अनुसार पर्वतको कुल जनसङ्ख्या एक लाख ३२ हजार तीन सय ५२ रहेको छ। यीमध्ये २४ प्रतिशतले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डको सम्पर्क कार्यालयका संयोजक तथा जनस्वास्थ्य निरीक्षक टीकाकुमारी श्रीसले जानकारी दिए। जिल्लाका सातवटा स्थानीय तहमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिकाका २८ प्रतिशतले र सबैभन्दा कम महाशिला गाउँपालिकाका १३ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा छन्।

कुश्मा नगरपालिकाको कुल जनसङ्ख्या ३८ हजार सात सय ७४ रहेकामा ११ हजार ७३ जनाले बीमा गरेका छन् भने महाशिला गाउँपालिकाका आठ हजार दुई सय ३३ जनामध्ये एक हजार ६३ जनाले बीमा गरेका छन्। बिहादी गाउँपालिकाको जनसङ्ख्या १२ हजार पाँच सय २१ रहेकामा तीमध्येका एक हजार छ सय ७४ जनाले बीमा गरेका छन्। जुन त्यहाँको जनसङ्ख्याको १३ प्रतिशत हो।

जलजला गाउँपालिकामा भने बीमा गर्ने धेरै छन्। सातवटा स्थानीय तहमध्ये तेस्रो धेरै स्वास्थ्य बीमा जलजला गाउँपालिकाका बासिन्दाले गरेका छन्। जलजलाको जनसङ्ख्या २१ हजार तीन सय ७५ रहेकामा तीमध्येका पाँच हजार चार सय २९ जना बीमाको पहुँचमा आएका छन्।

मोदी गाउँपालिकाका नागरिक बीमा गर्नेको प्रतिशतको दोस्रो स्थानमा रहेका छन्। अठार हजार १८ जनसङ्ख्या रहेको मोदी गाउँपालिकामा चार हजार सात सय ९८ अर्थात् झण्डै २७ प्रतिशत नागरिकले स्वास्थ्य बीमा गरेका छन्। पैयुँ गाउँपालिकाका १२ हजार सात सय पाँच नागरिकमध्ये तीन हजार ६४ जनाले अर्थात् २४ प्रतिशतले बीमा गरेका छन्।

यस्तै २० हजार सात सय २६ जनसङ्ख्या रहेको फलेवास नगरपालिकाका २३ प्रतिशत अर्थात् चार हजार सात सय ९६ जनाले स्वास्थ्य बीमा गरेका श्रीसले जानकारी दिए। नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रमको फाइदा र कार्यक्रमको नियमबारे आवश्यकताअनुसार सूचित गराउन नसक्दा बीमाप्रति आकर्षण बढ्न नसकेको स्वास्थ्य बीमाको क्षेत्रमा काम गर्ने कर्मचारीले बताएका छन्।

वडामा कार्यरत स्वास्थ्य बीमा दर्ता सहयोगीलाई तालिम अभावका कारण सेवाग्राहीले बीमासम्बन्धी आवश्यक कुरा बुझ्न नसक्नु, सेवा प्रदायक अस्पतालबाट सहजरूपमा बिमितले उपचार सेवा र औषधि नपाएको गुनासो गर्नु, जिल्लाका सम्पर्क शाखा कार्यालयमा आवश्यक जनशक्ति नहुनु, वडामा कार्यरत स्वास्थ्य बीमा दर्ता सहयोगीको मोबाइल फोन बिग्रिएको अवस्थामा र नयाँ मोबाइलको फोन व्यवस्था गर्न नसकिएकोलगायतका कारणले समस्या भइरहेको उनीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।