image
image

नेपाली सेनाबाट अवकाशपछि मौरीपालनमा अब्बल

सामान्यतया जागिरे जीवनबाट बिदा भएर घर आएपछि मानिस आराम गरेर बस्ने गर्छन् । सेवाबाट अवकास लिएर घर बसेका मानिसका छोराछोरी विदेशमा छन् भने बुढेसकालमा उनीहरु केही काम गरेको देखिँदैन । नीलकण्ठ नगरपालिका– १४ धुवाँकोटका ५३ वर्षीय नारायण घिमिरे भने नेपाली सेनाबाट अवकाश भएपछि नमूना किसान भएका छन् ।

सेवा निवृत्त भए पनि समयको सदुपयोग गर्दै धादिङबेसीको व्यस्त बजारमा मौरीपालन गरेर आफू सक्रिय भएको उनले बताए । एक सय ५० घार मौरीपालन गर्दै आएका घिमिरे श्रीमती र कान्छा छोरा, बुहारीसँगै बस्दै आएका छन्। शहरी जनजीवन रहेको व्यस्त बजारमा मौरीपालन गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण घिमिरेले दिएका छन् ।


घिमिरेको मौरी साथि जस्तै लुटुपुटु हुने गर्नाले बिहान उठ्ने र घार हेर्ने गर्नु नियमित दिनचर्या बनेको छ । घारमा भएका मौरीको कुनै समस्या छ वा मौरीलाई अन्य रोगले आक्रमण गर्याे कि भन्ने चिन्ता जहिले पनि हुने गरेको उनले बताए ।

धुवाँकोट, पुच्छारबजार र शान्तबजारमा मौरीपालन गर्दै आएका घिमिरे १८ वर्षदेखि मौरीसँग साइनो गाँसी रहेका छन्। घिमिरेले एक किलोग्राम महको रु एक हजार र मौरीसहितको घारको रु चार हजार ५०० मा बिक्री गर्ने गरेको बताए ।


वर्षभरमा खर्च कटाएर रु डेढ लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुने गरेको घिमिरेले बताए । अरु व्यवसायीलाई बन्दाबन्दीले असर पारे पनि घिमिरेको मौरीपालनबाट लिने आम्दानीमा भने कुनै असर गरेन ।


घिमिरेले विदेश जानुभन्दा आफ्नै देशमा बसेर केही गर्ने चाहना भएकाले र मौरीपालनसम्बन्धी चासो लागेको भएर मौरीपालन पेशा अंगालेको बताए । मौरीपालनको व्यावहारिक ज्ञान भएका घिमिरे अरुलाई समेत तालीम दिने गर्दै आएका छन् ।

मौरी व्यवसायमा संलग्न भए पनि खेतीपाती गर्न आनन्दले पुग्ने उनले बताए । वर्षभरि मौरी पाल्ने र जेठ, कात्तिक र चैतमा मौरीबाट मह निकाल्ने गर्दै आएकाले यस समय मौरीलाई बढी नै स्याहार गर्नुपर्ने उहाँको भनाइ छ । सेना दिवसका अवसरमा घिमिरेलाई नेपालको उत्कृष्ट कृषकका रुपमा छनोट गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।