image
image

फिनल्याण्ड बन्यो विश्वकै सबैभन्दा धेरै खुसी हुने देश 

एजेन्सी।  विश्वमा सबैभन्दा धेरै खुसी हुने देशको सुचिमा फिनल्याण्ड पहिलो नम्बरमा परेको छ । यूएन दिगो विकास सोलुसन नेटवर्कको तर्फबाट विश्व खुसीयाली रिपोर्टका अनुसार फिनल्याण्ड विश्वमै खुसी देश बनेको हो। 

यो देशलाई लगातार चौथो वर्ष पनि विश्वको सवैभन्दा बढी खुसियाली देशको रुपमा घोषणा गरिएको हो । विश्व खुसियाली प्रतिवेदन- २०२१ को सूचीमा भारत १४९ ओटा देशमध्ये १३९ स्थानमा रहेको छ भने , नेपाल ८७ औं स्थानमा रहेको छ । खुसियाली मापन भने त्यस देशको नागरिकको खुसिको हिसावले गरिन्छ । तर यो वर्ष कोरोना महामारीमा विश्वका नागरिकले कसरी जीवनयापन गरे भन्ने आधारलाई पनि मानक मानिएको छ ।

फिनल्याण्डपछि खुसियाली देशमा आइसल्याण्ड, डेनमार्क, स्विटजरल्याण्ड, नेदरल्याण्ड, स्वीडेन,जर्मनी र नर्वे रहेका छन् । प्रतिवेदन अनुसार पाकिस्तान १०५ औं, बंग्लादेश १०१, चीन ८४ औं स्थानमा रहेको छ । विश्वकै धनी देशको रुपमा रहेको अमेरिका विश्वका खुसियाली देशहरु मध्ये १९ औं देश बनेको छ । 

उक्त प्रतिवेदन प्रतिव्यक्ति घरेलु उत्पादन, स्वतन्त्रता, सामाजिक समर्थन, स्वस्थ्य जीवन शैली तथा नागरिकको विचारको आधारमा खुसियाली मापन गरिएको थियो । यसको अतिरिक्त देशमा हुने गरेको भ्रष्टाचार, सदाचार तथा स्वतन्त्रतालाई पनि आधार  मानिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।