image
image

प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच भेटवार्ता

काठमाडौँ, २९, वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान सभापति लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा लामिछानेले भ्रष्टाचारविरुद्ध शसक्त भएर अघि बढ्न आग्रह गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको कदमलाई धन्यवाद दिए ।

भ्रष्टाचारविरूद्धको अभियानलाई सबै दल मिलेर निष्कर्षमा पुर्‍याउनुपर्ने उनको भनाइ थियो । पुराना फाइल खोतल्दै भ्रष्टाचार निवारणमा अघि बढ्न लामिछानेले सुझाव दिएका छन् ।

प्रधानमन्त्रीले सरकारको काममा सहयोग गर्न आग्रह लामिछानेसँग आग्रह गरेका थिए । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलोपटक प्रधानमन्त्रीसँग लामिछानेको भेटवार्ता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।