image
image

नेपाल राष्ट्र बैंकले माग्यो दुई जना कर्मचारी

काठमाडौँ, २८, वैशाख । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त तुलसीपुर, दाङको व्यवस्थापन तथा संचालनका लागि दुई जना कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले संयोजक र सदस्य पदका लागि कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आउँदो जेठ जेठ १७ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन राष्ट्र बैंकले अनुरोध गरेको छ ।

उक्त पदहरूमा आवेदन दिनको लागि व्यवस्थापन, बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा  गणित, व्यापार, प्रशासन वा कानुन विषमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । साथै वित्तीय क्षेत्रहरुमा कम्तिमा १० वर्ष काम गरको अनुभव हुनुपर्ने छ । त्यस्तै चार्टट एकाउन्टेन्सी उर्तीण गरी न्युनतम ५ वर्षको कार्यअनुभव भएको हुनुपर्ने छ ।

बैंकका अनुसार सेवाअवधि एक वर्षको हुने छ । आवश्यकता तथा प्रगतिका आधारमा ६/६ महिनाका लागि २ पटकसम्म सेवा अवधि नविकरण गर्न सकिने राष्ट्र बैंकद्वारा जारी विज्ञापनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।