image
image

नक्कली भुटानी शरणार्थी प्रकरणमा दबाबमा नपर्न सांसदको आग्रह

काठमाडौँ, २६, वैशाख । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषिमाथि कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पौडेलले यस प्रकरणमा कुनै पनि प्रेसर र दबाबमा नपरेर घटनाको निष्पक्ष छानबिन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीले कुनै पनि प्रेसर र दबाबमा नपरेर यो घटनाको निष्पक्ष छानबिन गरेर जनता र नेपाल पक्ष राष्ट्र भएर अन्तराष्ट्रिय सन्धी सम्झौताको पक्षमा नेपाल निष्पक्षता पूर्वक उभिएको कुरालाई अगाडि बढाउन अनुरोध गर्न चाहन्छु,’ उनले भने।

सांसद पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचार सम्बन्धी घटनाले अन्तराष्ट्रिय स्तरमा नेपालीहरूको लज्जाको विषय बनेकाले संलग्नलाई कडा कारबाही गरेर नेपालको इज्जत बचाउन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।