image
image

माओवादीलाई ३ मन्त्रालय दिनेमा मुख्यमन्त्री शाह सकारात्मक

काठमाडौँ, २५, वैशाख । सुदूरपश्चिम प्रदेशमा सरकार विस्तारबारे बालुवाटारमा छलफल भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवा, माओवादी संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सदस्य ओमविक्रम भाटसहितले प्रदेश सरकार विस्तारबारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

दाहालसँग छलफल पछि बाहिरिएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले छिट्टै प्रदेश सरकार विस्तार हुने बताएका छन् ।

२६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार बिहान माओवादीका प्रदेश सभा सदस्यहरुसहित सरकार विस्तारबारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

माओवादीले आर्थिक मामिला र भौतिक पूर्वाधार विकास मन्त्रालय नपाउने अवस्थामा तीन वटा मन्त्रालय पाउनुपर्ने विषयमा समेत कुराकानी भएको छ । जसमा मुख्यमन्त्री सकारात्मक देखिएका झन् । छलफलमा सहभागी प्रदेशसभा सदस्य ओमविक्रम भाटका अनुसार मन्त्री नियुक्त हुन् बाँकी रहेका ४ मध्ये ३ वटा माओवादीले पाउनेमा मुख्यमन्त्री सकारात्मक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।