image
image

शहिद स्मारक ए डिभिजन : आज दुई खेल हुँदै

काठमाडौँ, २२, वैशाख । शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् ।  

आजको खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा भिड्ने छन् भने दोस्रो खेलमा जावलाखेल यूथ क्लब र खुमलटार प्रतिस्पर्धामा उत्रने छन् ।

एन्फा कम्प्लेक्समा जावलाखेल यूथ क्लब र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल अपराह्न ३ बजेबाट सुरु हुनेछ ।

शीर्ष स्थानमा रहेको जावलाखेलले १४ खेलवाद २४ अङ्क जोडेको छ भने समान खेलको खुमलटार भने १४ अङ्कमा सीमित रहेको छ ।

यसैगरी, दशरथ रङ्गशालामा पुलिस क्लब र हिमालयन शेर्पा एक आपसमा प्रतिस्पर्धामा उत्रनेछन् । निरन्तर वर्षाको कारण च्यासल मैदान खराब भएपछि उक्त खेल रङ्गशालामा हुन लागेको हो ।

पुलिसले १४ खेलवाद १५ अङ्क बटुलेर १२ औँ स्थानमा पुगेको छ भने शेर्पा १४ खेलबाट १७ अङ्कसहित दशौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।