सरकार र विश्व बैङ्कबीच वित्तीय सम्झौता
काठमाडौँ, विश्व बैङ्कले समृद्धिका लागि वन आयोजनाका लागि ऋण र अनुदान दिने भएको छ । आयोजनाका लागि २.८ अर्ब रुपियाँ उपलब्ध गराउने विषयमा सरकार र विश्व बैङ्कबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताको कुल रकममध्ये ७१ करोड रुपियाँ अनुदान र २.१ अर्ब रुपियाँ सहुलियतपूर्ण रहेको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।
सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र नेपाल, माल्दिभ्स, र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस हदाद जार्भोसले हस्ताक्षर गर्नुभएको हो । आयोजनाले प्रदेश र स्थानीयस्तरमा प्राकृतिक स्रोत शासन सुदृढीकरणका सहयोग पु¥याउनेछ ।
विश्व बैङ्कका राष्ट्रिय निर्देशक जार्भोसले आयोजनाले ५० वटा गाउँपालिका र नगरपालिकालाई सहयोग पु¥याउने बताउनुभयो । यस कार्यक्रमले तुलनात्मक लाभमा आधारित हरित आर्थिक वृद्धिको सुरुवात गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
यसैबीच कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र विश्व बैङ्कका राष्ट्रिय निर्देशकबीच पनि आयोजनाको सहमतिपत्रमा पनि हस्ताक्षर भएको छ ।
आयोजनाको कार्यान्वयन गर्ने संस्थाका रूपमा कृषि विकास बैङ्कले वनमा आधारित साना र मझौला उद्यमहरूको स्थापना र सुदृढीकरण गर्न कर्जाको डिजाइन र परीक्षण गर्नेछ ।