image
image

आज पनि शोक प्रस्तावमै सकियो संसद बैठक, अर्को बैठक चैत १० गते

काठमाडौँ ०६ चैत । आज पनि प्रतिनिधिसभा शोक प्रस्तावमै सकिएको छ ।  प्रतिनिधिसभाले सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसांसद एवं संविधानसभा सदस्य अशोक कोइरालाको निधनप्रति राखेको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।

बैठकले प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कोइरालाको ७१ वर्षको उमेरमा यही चैत ४ गते राति उपचारका क्रममा असामयिक निधन भएकामा शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ ।

सभाले उनको सम्मानमा एक मिनेट मौनधारणसमेत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १० गते मङ्गलबार दिनको १ बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।