image
image

४३ अङ्कले बढ्यो नेप्से, नेपाल बङ्गलादेश बैंकको कारोबार सबै भन्दा बढी !

काठमाडौँ - लगातार केही दिनपछिको ‘करेक्सन’पछि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहिबार झण्डै ४३ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २४.९५ अङ्कले वृद्धि भई दुई हजार ४७५.०९ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५५ ले वृद्धि भई ४४४.१५ मा पुगेको छ । बिहिबार कूल २१३ कम्पनीका एक करोड १६ लाख ५७ हजार ९७५ कित्ता शेयर रु चार अर्ब ६६ करोड १७ लाख ९२ हजार १८७ मा कारोवार भएको छ । बिहिबारको कारोवारपछि बजार पूँजीकरण रु ३४ खर्ब १७ अर्ब ३४ करोड ४७ लाख २० हजार पुगेको छ ।

कारोवार भएका १३ उपसमूहमध्ये व्यापार उपसमूहबाहेक अरु सबैको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २६.११, होटल तथा पर्यटन ११२.८८, विकास बैंक २४.३७, जलविद्युत् ३.१५, वित्त १४.१५, निर्जीवन बीमा १९१.०८, उत्पादन १६२.१३, अन्य ४१.१३, लघुवित्त १०२.१३, जीवन बीमा ४१५.४७, सामूहिक लगानी कोष ०.०६ र लगानी उपसमूहको शेयर १.९५ ले वृद्धि हुँदा व्यापार भने ३९.६ ले घटेको छ ।

कारोवार रकमका आधारमा नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु ७७ करोड तीन लाख १८ हजार ७९० बराबरको कारोवार भयो ।

यस्तै नेपाल पूर्वाधार बैंकको रु २१ करोड ६६ लाख ९५ हजार २७८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु १३ करोड ४४ लाख ९५ हजार ८६६, नेपाल पुनःबीमा कम्पनीको रु १२ करोड ३६ लाख ५६ हजार १६६, माथिल्लो तामाकोशीको रु १२ करोड १२ लाख ८३ हजार १७७, नेको इन्स्योरेन्सको रु ११ करोड २९ लाख ६३ हजार १५५ र नवील बैंकको रु ११ करोड २४ लाख ४६ हजार बराबरको कारोवार भयो ।

युनाइटेड इदिमर्दी हाइड्रोपावर र ग्रीन लाइफ हाइड्रोपावरका लगानीकर्ताले समान १० प्रतिशतले कमाउँदा चन्द्रागिरि हिल्स लिमिटेड ९.९६, नेपाल बङ्गलादेश बैंक ९.७५, शिवश्री हाइड्रोपावर ७.०३ र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.४८ प्रतिशतले कमाए ।

यस्तै जोशी हाइड्रोपावरका लगानीकर्ताले ६.८५ प्रतिशतले गुमाए । आँखुखोला जलविद्युत् कम्पनी ६.३३, दिव्यश्वरी हाइड्रोपावर ५.३४, खानीखोला हाइड्रोपावर ५.००, रैराङ हाइड्रोपावर डेभलपमेन्ट ४.५५ र युनियन हाइड्रोपावरका लगानीकर्ताले ४.४१ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।