image
image

लोक सेवाले माग्यो २४४ जना खरिदार, कुन कार्यालयमा कति ?

काठमाडौँ, २९, चैत्त । लोक सेवा आयोगले देशभरका विभिन्न कार्यालयबाट प्राविधिक तथा स्वास्थ्य सेवा क्षेत्रमा चौथो तह (खरिदार) मा २४४ जना कर्मचारी माग गरेको छ । आयोगले आज सूचना जारी गर्दै देशभरका लोकसेवा कार्यालयबाट खरिदार पदका लागि कर्मचारी माग गरेको हो ।

जारी सूचनाअनुसार लोकसेवा आयोग धनकुटा कार्यालयले ३३ जना कर्मचारी माग गरेको छ । त्यसैगरी, इलाम कार्यालयले १२ जना, खोटाङ कार्यालयले १५ जना, जलेश्वर कार्यालयले १२ जना, काठमाडौं कार्यालयले ५४ जना, हेटौंडा कार्यालयले १५ जना, पोखारा कार्यालयले १० जना र बाग्लुङ कार्यालयले ८ जना कर्मचारी माग गरेका छन् ।

त्यसैगरी, लोक सेवा आयोग बुटवल कार्यालयले १८ जना, दाङ कार्यालयले १८ जना, सुर्खेत कार्यालयले १० जना, जुम्ला कार्यालयले ७ जना, दिपायल कार्यालयले १० जना र महेन्द्रनगर कार्यालयले २२ जना कर्मचारी माग गरेका छन् ।

आयोगअनुसार परिक्षा लिखित, प्रयोगात्मक र अन्तवार्ता हुनेछ । आवेदनका लागि आयोगले ५ सय रुपैयाँ दस्तुर तोकेको छ । त्यसका समावेशी समूहतर्फक थप आवेदन बुझाउने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि १५० रुपैयाँ लाग्नेछ ।

साथै, उम्मेदवारले छनौट गरेको सेवा/समूहको क्लस्टरका आधारमा एकभन्दा बढी क्लष्टरका लागि थप १५० रुपैयाँका दरले परीक्षा दस्तुर बुझाउनुपर्नेछ ।

आवेदन आगामी वैशाख १९ गतेसम्ममा दिन सक्नेछन् । त्यसमा दोब्बर दस्तुर तिरेर भने वैशाख २५ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।