image
image

राष्ट्रिय बीमा संस्थानमा रोजगारीको अवसर

काठमाडौँ, २४, चैत्त । राष्ट्रिय बीमा संस्थानमा रोजगारीको अवसर खुलेको छ । संस्थानले संस्थानमा रिक्त रहेका पदहरुमा खुला प्रतियोगितात्मक परीक्षाद्धारा स्थायी पदपूर्ति गर्ने भएको हो ।

संस्थानले सहायक व्यवस्थापक पदका लागि २ जना कर्मचारी माग गरेको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, बीमा र कानून मध्ये कुनै एक विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने संस्थानले जनाएको छ ।

यस्तै, संस्थानले सहायक ‘ख’ तहका लागि २ जना कर्मचारी माग गरेको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, बीमा र कानून मध्ये कुनै एक विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक आवेदकले वैशाख २३ गतेसम्म आवेदन दिन सक्ने संस्थानले जनाएको छ । यस्तै, दोब्बर दस्तुर तिरी पहिलो म्याद समाप्त भएको मितिले ७ दिन अर्थात वैशाख ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

दरखास्ता फाराम संस्थानको प्रधान कार्यालय, जनशक्ति व्यवस्थापन विभाग, रामशाहपथ, काठमाडौंमा बुझाउनुपर्ने छ । दरखास्त फाराम भने संस्थानको वेवसाइटबाट डाउनलोड गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।