image
image

प्रधानमन्त्री प्रचण्ड चितवनबाट फर्किएतयारी

काठमाडौँ, १६, चैत्त । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको कार्यक्रम सम्पन्न गरेर काठमाडौँ  फर्किएका छन् । बिहीबार बिहान चितवनको विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला उडेका प्रचण्ड दिउँसो काठमाडौँ फर्किएका हुन् । 

सो क्रममा प्रचण्ड चितवनको एयरपोर्ट भवनको शिलान्यास र कृषि तथा वन विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएका थिए ।

काठमाडौँ फर्किएसँगै उनले मन्त्रिपरिषद् पुनर्गठनका लागि सत्ता साझेदार दलमा एक चरण छलफल गर्ने तयारी गरेका छन् । 

त्यसपछि मन्त्रीहरुको नियुक्ति गरेर शपथ गराउने प्रचण्डको तयारी छ । 

सत्ता साझेदार दलमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जसपाले २–२ र अन्य साना दलले १–१ मन्त्रालय पाउने समझदारी भएको छ । 

सोहीअनुसार मन्त्री र मन्त्रालयको टुंगो लगाएर मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रचण्ड जुटेका हुन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।