मुग्लिन–नारायणगढ सडकखण्ड: १५ नयाँ पुल निर्माण सुरु
चितवन । मुग्लिन–नारायणगढ सडक खण्डमा १५ वटा नयाँ पुल निर्माणको काम सुरु भएको छ । दुई वर्षा अघि चौडा परिएको सडक फराकिलो हुने तर पुल भने पुरानै साँघुरो अवस्थामा हुँदा सवारीसाधनको जाम नहटेपछि दुईवटा प्याकेजमा १५ वटा पुल निर्माण कार्य सुरु भएको हो ।
पहिलो प्याकेजमा मुग्लिनदेखि सिमलतालसम्म सातवटा र दोस्रो प्याकेजमा सिमलतालदेखि जुगेडीसम्म आठवटा पुल निर्माण सुरु भएको मुग्लिन–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी सविना रानाभाटले जानकारी दिएकी छिन । दोस्रो प्याकेजका आठवटै पुलको डिजाइन स्वीकृत भइसकेको र आठवटामध्ये छवटा पुलको निर्माण काम सुरु भइसकेको उनको भनाइ छ ।
पहिलो प्याकेजअन्तर्गतका पुलहरूको डिजाइन स्वीकृत हुने क्रममा रहेको छ । पहिलो प्याकेजका पुल निर्माण गर्न करिब ६८ करोड रुपियाँ र दोस्रो प्याकेजका पुल निर्माण गर्न ५९ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । दुईवटै प्याकेजका पुल निर्माणको जिम्मा अनक कन्स्ट्रक्सन कम्पनीले पाएको छ ।