लोप हुँदै होलीमा गाइने 'गोजीरा सरर'
काठमाडौँ । तराई–मधेशमा प्रचलित फागु पूर्णिमा अर्थात् होलीमा गाइने मौलिक गीत ‘जोगिरा सररर’ लोप हुँदै गएको छ । यो मौलिक गीत मधेशका शहर र गाउँमा होलीका बेला गाइने प्रचलित गीत हो तर आधुनिक आगन्तुक संस्कृतिको प्रभाव बढेसँगै यो मौलिक गीत हराउँदै गएको छ ।
फागु आउन १५ दिनअघिदेखि धनुषासहित तराई–मधेशमा गुञ्जिने गीतहरू अहिले सुनिन छाडेका छन् । क्षीरेश्वरनाथ नगरपालिका–५ का ६७ वर्षीय रामसागर ठाकुरलगायत जोगिरा गायकहरु वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत लोप हुन थालेकामा दुःखी छन् । ठाकुरले भने, “होली पर्वको आगमनसँगै कुनै बेला गाउँघरमा राति गुञ्जिने होली गीत अचेल सुनिँदैन । उहिले गीत गाएरै फागु आएको सङ्केत गरिन्थ्यो, अब न त ढोल, मृदङ्ग नै बज्छन् न त फागु गीत नै गुञ्जिन्छन् ।”
संस्कृतिविद् रामभरोस कापडी भन्छन, “एक दशकअघिसम्म फागु पूर्णिमा वा होलीमा गुञ्जिने गरेको ‘जोगिरा सरर’लगायत गीतसँगै होलीको परम्परागत मौलिकतासमेत हराउँदै गएको छ ।” उनले तराईबाट चैताल, ढेड ताल, डभारी, धौतल्ली गीत र सङ्गीत पनि लोप हुँदै गएको बताए । उनले भने, “अवधि, भोजपुरी समुदायमा बजाइने ढोलक, हरमुनिया, तबलालगायत बाजा र होलीमा गाइने परम्परागत गीतहरू पछिल्ला पुस्ताले छाड्दै गएका छन् ।”
क्षीरेश्वरनाथ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ६५ वर्षीय रामजी सिंह भन्छन, “अहिले बजारमा पाइने जोगिराका अश्लील संस्करणहरुले पनि परम्परागत होली गीतमाथि धावा बोलेका छन् । आधुनिकताले पुरानो परम्परा लोप हुँदै गएको छ । उनका अनुसार सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होली पर्वले सबै जातजातिलाई प्रभाव पारेको छ र यसको रौनकता नै समाप्त भएर जान लागेको भान भएको छ ।
पहिले होलीमा गाइने गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो तर अहिले अश्लिल भोजपुरी गीत बढी गाउन थालिएको छ । जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद्ले जोगिरा संरक्षणका लागि विगत केही वर्षदेखि जानकी मन्दिर प्राङ्गणमा जोगिरा प्रतियोगिताको आयोजना गर्नाका साथै हास्यव्यङ्गअन्तर्गत महामूर्ख सम्मेलनसमेतको आयोजना गर्दै आएको छ । होली पर्व आउन दुई हप्तामात्र बाँकी छ तर परापूर्वकालदेखि गाउँदै आएको होली गीत जोगिरा लोप हुँदै गएकामा बूढापाकाले यसको संरक्षणमा युवा वर्गअगाडि आउनुपर्नेमा जोड दिँदै आएका छन् । रासस