image
image

उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ, २६, फागुन । उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार भोलि (शनिबार) बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको हो। 

भोलि नै उम्मेदवारीविरुद्ध उजुरी दिन सकिने व्यवस्था समेत गरिएको छ । यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ । २८ गते उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने आयोगले जनाएको छ । 

चैत ३ गते उपराष्ट्रपतिको मतदान हुनेछ । मतदान बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ । उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी ९जसपा०का रामसहायप्रसाद यादव उम्मेदवार बन्ने भएका छन् । जसपाको हिजो बिहिबार बसेको बैठकले उनलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको हो । यसअघि सत्ता गठबन्धनमा जसपाका उम्मेदवारलाई उपराष्ट्रपतिमा सघाउने सहमति भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।