image
image

राष्ट्रपति निर्वाचनको तयारी पूरा

काठमाडौँ, २४, फागुन । राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।

बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय संसद्का तीन सय ३२ र प्रदेश सभा सदस्य पाँच सय ५० मतदाता छन् ।

बानेश्वरस्थित संसद् भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ । संघीय संसद्का लागि एउटा र प्रदेशसभा सदस्यहरूलाई अर्को मतदान केन्द्र बनाइएको हो । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।