image
image

२.० छड्के : अनमोलको पारिश्रमिक ५० लाख, फिल्मको कमाइ ३० लाख

काठमाडौँ, २४, फागुन । अनमोल स्टारर फिल्म ‘२.० छड्के’ मल्टिप्लेक्स हलबाट उत्रिएको छ।

प्रदर्शनको छैटौं दिनमा क्युएफएक्सले फिल्म हलबाट उतारेको वितरक सुनिल मानन्धरले जानकारी दिए। निगम श्रेष्ठ निर्देशित फिल्मले सुरुवाती दिनदेखि नै निकै कमजोर व्यापार गरेको थियो। सँगै प्रदर्शन भएको फिल्म ‘छक्का पञ्जा ४’ले भने छैठौँ दिनमा ६ करोड माथिको व्यापार गरिसकेको छ। 

तर ‘२.० छड्के’ले भने जम्मा ३० लाखको व्यापार गरेको वितरक मानन्धरले जानकारी दिए। फिल्ममा अनमोल केसीले अनुबन्धित हुँदा पारिश्रमिक नै ५० लाख भन्दा बढी लिएको हल्ला चलेको थियो।

उनी नेपाली फिल्म उद्योगका सबैभन्दा महंगा अभिनेताका रुपमा दरिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।