image
image

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

काठमाडौँ, १५, फागुन । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित निकालेको छ ।सोमबार भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हराएको हो ।

मलेका क्रिकेट मैदानमा भएको खेलमा हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि आकाश त्रिपाटीले अर्धशतक पूरा गरे । उनले ७१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा अविजित ५८ रन बनाए ।

त्यस्तै अविजित ३९ रन बनाउँदा अर्जुन कुमाल १६ रनको योगदान गरे ।

यसअघि पहिले ब्याटिङ गरेको हङकङले ४६ ओभर ३ बलमा अलआउट हुँदै १२० रन बनाएको थियो ।

हङकङका लागि पर्थ भागवात ३६ रन बनाएका थिए । त्यस्तै मोहम्मद जाहिरले २९ रन बनाउँदा अहान त्रिवेदीले ११ रन बनाउँदा हङकङका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि हेमन्त धामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै आकाश चन्द र सुवास भण्डारीले समान दुई÷दुई विकेट लिँदा दीपेश कंडेलले एक विकेट लिए ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।

नेपालले अब चौथो खेलमा २८ तारिख मलेसियाको सामना गर्ने छ ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।