image
image

घट्यो वैदेशिक लगानी प्रस्ताव, कुन देशको कति?

काठमाडौँ ३ चैत ।  विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण नेपालमा वैदेशिक लगानी प्रतिबद्धता घट्दै गएको छ । नेपालमा सबैभन्दा बढी लगानी गर्ने चिनियाँ लगानीकर्ता हुन्। पहिला चीनमै कोरोना भाइरस देखिएकाले नेपालको वैदेशिक लगानीमा प्रत्यक्ष असर परेको छ।

कोरोना भाईरसको कारण लामो समयसम्म भएको बन्दाबन्दीका कारण  आम्दानीको स्रोत बन्द हुँदा आर्थिक स्थिति कमजोर भएपछि लगानीकर्ताले नयाँ लगानी गर्न सकेका छैनन्। चालू आर्थिक वर्ष २०७७/०७८ को ८ महिना (साउनदेखि फागुनसम्म) मा २५ अर्ब ४१ करोड रूपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ।विभिन्न देशका लगानीकर्ताले उद्योग विभागमार्फत् १ सय ३२ वटा उद्योगका लागि सो बराबरको लगानी प्रतिबद्धता जनाएका हुन्।गत आव २०७६/०७७ को सोही अवधिको तुलनामा यो साढे ४ अर्बले घटी हो।

कुन देशले कति गरे लगानी?

विभागको तथ्याङ्क अनुसार साउनदेखि फागुनसम्ममा १३ वटा देशबाट लगानी प्रस्ताव आएको छ।सबैभन्दा बढी चीनले १ सय ४ वटा परियोजनामा १८ अर्ब १६ करोड रूपैयाँ बराबरको लगानी प्रतिबद्धता गरेको छ।  

त्यस्तै, अमेरिकाले ५ वटा परियोजनामा १ अर्ब ५७ करोड, भारतले ५ वटा परियोजनामा  ३८ करोड ६० लाख रूपैयाँ बराबरको लगानी  प्रस्ताव गरेको छ।  बेलायती लगानीकर्ताले ४ वटा उद्योगका लागि १६ करोड रूपैयाँ लगानी प्रस्ताव गरेको छ। त्यस्तै बेल्जियम, मेक्सिको, साउथकोरिया र नेदरल्याण्डका लगानीकर्ताबाट २र२ उद्योगका लागि लगानी प्रस्ताव आएको छ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।