हनुमन्ते करिडोर निर्माणका बाँकी काम शुरु
काठमाडौँ ३ चैत । हनुमन्ते करिडोर निर्माणका बाँकी काम शुरु हनुमन्ते करिडोर निर्माणका बाँकी काम शुरु हनुमन्ते करिडोर निर्माणका बाँकी काम शुरु भएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिले शुरु गरेको हनुमन्ते करिडोर निर्माणको क्रममा मापदण्ड विपरित रहेका संरचना हटाउन सम्बन्धित निकायलाई पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेपछि त्यस्ता संरचना हटाएर करिडोर निर्माण कार्य अगाडि बढाएको हो ।
समितिले भक्तपुरको सल्लाघारी पुलदेखि मनोहरा नदी दोभानसम्मको करिब ११ किमिमा करिडोर निर्माण गर्ने कार्य शुरु गरेपछि राधेराधे पुलदेखि नयाँ थिमि बालकोट पुलसम्म २.८ किमि करिडोर निर्माणमा आएका विभिन्न विवादलाई सुल्झाउदै बालकोटसम्मको निर्माण पुरा गरेको छ । त्यस्तै हनुमन्ते करिडोर मापदण्डभित्र संरचना निर्माण गरेका साख मेटल एण्ड ऐलाईड ईन्डष्ट्रिज र नेपाल पेन्ट ईन्डष्ट्रिज प्रालिको उद्योगको पर्खाललगायत भौतिक संरचनामा भत्काउन समितिले विगत दुई वर्षदेखि पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेको समितिका अध्यक्ष उद्धव तिमिल्सिनाले बताउनुभयो ।
यस्तै थुप्रै समस्याका कारण पुरा हुन नपाएको हनुमन्ते करिडोर समय मै सम्पन्न नगर्दा करोडौँको बजेट फिर्ता जाने, आयोजना अधूरो रहने, वर्षामा बस्ती डुबान हुने, सडकको जाम कायमै रहने र विकासमा अवरोध पुग्ने भएपछि आएका समस्या समाधान गर्दै करिडोर निर्माण अगाडि बढाउने निर्णयानुसार नै काम शुरु भएको बताइएको छ ।