फाइभजी परीक्षण गर्ने तयारीमा सरकार, परीक्षण अवधिभर नि:शुल्क प्रयोग गर्न पाइने
काठमाडौँ ३ फागुन । नेपाल सरकारले नेपालमा फईभजी सेवा परिक्षण गर्ने तयारी शुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको अध्यक्षतामा रहेको फ्रिक्वेन्सी नीति निर्धारण समितिको हालैको बैठकले यस्तो निर्णय गरेको हो ।
सूचना तथा प्रविधि क्षेत्रका सरोकारवालासँग मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले फाइभजी सेवाको बाटो खुलेको जानकारी दिएका छन् । गुरुङले फ्रिक्वेन्सी वितरण र बाँडफाँडलाई व्यवस्थित गर्न नेसनल फ्रिक्वेन्सी स्ट्राटेजी तयार पार्ने निर्णय भएको जानकारी समेत दिएका छन् ।
केही साता अगाडी देखि फाइभजीका लागि फ्रिक्वेन्सी ब्याण्ड समेत तय गरिएको छ । त्यस्तै परीक्षण अवधिमा सेवाप्रदायकले ग्राहकबाट फाइभजी सेवको शुल्क नलाग्ने बताईएको छ ।