image
image

भूगोल इनर्जीको आईपीओ ८ फागुनदेखि, स्थानीय र वैदेशिक रोजगारीमा रहेकाले किन्न सक्ने

काठमाडौँ, १, फागुन । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले ८ फागुनदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र दैलेखका वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशतले हुने ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४४ हजार ५३ कित्ता सेयर आयोजना प्रभावित दैलेखका बासिन्दाका लागि निष्कासन गर्न अनुमति दिएको थियो ।

जसमध्ये अति प्रभावित क्षेत्र नौमुले गाउँपालिका–३ द्वारीका बासिन्दाका लागि २ लाख ७२ हजार २६ कित्ता र दैलेख जिल्लाबासीका लागि २ लाख ७२ हजार २७ कित्ता आईपीओ निष्कासन हुने कम्पनीको आह्वानपत्रमा उल्लेख छ ।

यस्तै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशतले हुने १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्कासन गर्ने अनुमति पाएको थियो ।

त्यसको १० प्रतिशतले हुन आउने १ करोड ८ लाख ८१ हजार १०० रुपैयाँ बराबरको १ लाख ८ हजार ८११ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी बैदेशिक रोजगारीमा रहेको नेपालीका लागि निष्कासन गर्न लागेको हो ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र बैदेशिक रोजगारीमा रहेकाहरुले आईपीओमा २५ फागुनसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी आईआर बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।

कम्पनीले दैलेख जिल्लामा ३.७५ मेगावाटको द्वारी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अनुमानित लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ छ । प्रतिमेगावाट कुल अनुमानित लागत १९ करोड ५१ लाख ९४ हजार ३४९ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।