image
image

चिकित्सक संघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, २९, माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल चिकित्सक संघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर स्वास्थ्य उपाचारको नियमित काममा जुट्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक सङ्घप्रति ध्यानाकर्षण भएको पनि बताए ।

मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्नेवरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बित घटनाको छानविन भइरहेको जनाएको छ । उक्त घटनको विषयमा थप छलफल गरी समस्या समाधानका लागि वार्ता समिति गठन गर्ने नेपाल चिकित्सक संघले उठाएका विषयलाई संवादमार्फत समाधान गर्ने प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ । शनिबार बसेको संघको बैठकले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको चिकित्सक डा. जनिथलाल सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको थियो ।

326252715_514946494121823_2184467200638272038_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।