image
image

हिन्दी गीत 'तेरी मेरी दास्तान' मा आँचल शर्मा र आरआर खड्का

काठमाडौँ, २६, माघ । अभिनेत्री आँचल शर्मा र आरआर खड्काले हिन्दी गीतमा अभिनय गरेका छन्।

बुधबार सार्वजनिक भएको 'तेरी मेरी दास्तान' बोलको गीतमा उनीहरूले अभिनय गरेका हुन्।

सियोन श्रेष्ठले कोरियोग्राफी गरेको गीतमा आँचल र आरआरसँगै भारतीय कलाकार पारस शाह र सोनु मिश्राको पनि अभिनय छ।

१६ औं शताब्दीको सेरोफेरोमा आधारित गीतलाई नितिन चन्दले निर्देशन गरेका हुन्। यसअघि उनले थुप्रै हिन्दी गीत निर्देशन गरेका छन्। 

सलमान खानको फिल्म ‘प्रेम रतन धन पायो’, अक्षय कुमारको फिल्म खिलाडी ७८६ को ‘हुक्का बार’ जस्ता धेरै सुपरहिट फिल्मको गीत गाएका गायक विनीत सिंहले स्वर दिएका छन्। उनलाई प्रतीक्षा श्रीवास्तवले साथ दिएकी छन्।

पुनीत गुरूरानीको शब्द रहेको गीतमा अभिनव मेहरले संगीत भरेका छन्।

जोगेश गौरे, नवराज उप्रेती र चन्द्रबहादुर बरालले छायांकन गरेको म्युजिक भिडिओलाई सतिश शाह र आशुतोष उपाध्यायले निर्माण गरेका हुन्।  

गीतको अधिकांश छायांकन जयपुरको ऐतिहासिक दरबारमा भएको हो भने केही अंश नेपालमा पनि गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।