image
image

वैदेशिक रोजगारीमा जानेको घट्यो मृत्युदर

काठमाडौँ, २६, माघ । विगत लामो समयदेखि उकालो लागेको वैदेशिक रोजगारीको मृत्यु र अंगभग दर चालू आर्थिक वर्षको पहिलो ६ महिनामा घटेको छ ।

जनचेतना र अभिमुखीकरण तालिम प्रभावकारी भएसँगै वैदेशिक रोजगारीका क्रममा हुने मृत्युदर घटेको हो ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य गरिएको पूर्वस्थान अभिमुखिकरण कार्यक्रम प्रभावकारी बनाइएपछि मृत्युदर घटेको बताए ।

गत आर्थिक वर्षको साउनदेखि पुससम्म वैदेशिक रोजगारीका क्रममा ८१९ जना श्रमिकको मृत्यु भएको थियो भने १४४ श्रमिक अंगभंग भएका थिए ।

यो संख्या चालू आवको ६ महिनामा घटेको छ । चालू आवको साउनदेखि पुससम्म ६१५ श्रमिकको मृत्यु भएको छ भने ११५ श्रमिक अंगभंग भएको बोर्डको तथ्यांक छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।