image
image

फ्रेण्ड्सको प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

काठमाडौँ, २५, माघ । ए डिभिजन’को फ्रेण्ड्स क्लबले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

शहीद स्मारक ए डिभिजन लिगका लागि कुपण्डोलको फ्रेण्ड्स क्लबले थ्रीस्टारका पूर्व प्रशिक्षक उर्जन श्रेष्ठलाई नयाँ सिजनका लागि क्लबमा ल्याएको हो ।

यसअघि उनी ए डिभिजन लिगमा थ्रीस्टारलाई प्रशिक्षण दिएका थिए । थ्रीस्टारले भने नयाँ सिजनका लागि मेघराज केसीलाई नियुक्त गरिसकेको छ ।

उर्जनले साफ यू–१७ च्याम्पियनसिपमा नेपाली यू–१७ राष्ट्रिय टिम सम्हालेका थिए ।

फागुन १९ गतेदेखि सुरु हुनेछ ए डिभिजन लिगमा फ्रेण्ड्सले उद्घाटन खेलमै नवप्रवेशी एफसी खुमलटारसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।