image
image

वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे तत्काल कारबाही गर्छु : श्रममन्त्री अर्याल

काठमाडौँ, २२, माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कानूनी व्यवस्थाको बर्खिलाप गरी ठगी गरे तत्काल कारबाही गर्ने बताएका छन्। 

आइतबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले कुनैपनि म्यानपावर र व्यक्तिगत रुपबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे सरकारले कठोरतापूर्वक तत्काल कारबाही गर्ने बताएका हुन्।

‘म्यानपावरहरु र व्यवसायीहरुलाई सुध्रिनको लागि समय दिन्छौं। दिएको समयमा पनि नसुध्रिए निर्मम भएर मन्त्रालयले कारबाही गर्छ। कारबाही श्रम, रोजगारी ऐनमा जे व्यवस्था गरेको छ त्यो कारबाही गर्छौं’, मन्त्री अर्यालले भने, ‘वैदेशिक रोजगारीमा पठाउने नाममा नागरिकहरुलाई ठगी गर्ने म्यानपावर र व्यवसायीहरुलाई कारबाही गर्न सकैले रोकेर मन्त्री र मन्त्रालय रोकिँदैन।’

उनले सरकारले सुध्रन चाहने म्यानपावर व्यवसायीहरुलाई सुध्रनको लागि समय दिएको पनि बताए। सुध्रन दिएको समयभित्र सुधार नभए सरकारले कानूनी कारबाही गर्ने उनको चेतावनी छ। उनले मन्त्रालय ठगी गर्ने म्यानपावरहरुलाई कारबाही गर्न कसैको दबाबबाट पछाडि नहट्ने बताए। 

‘म मन्त्री भएर मन्त्रालयमा भएसम्म यस्तो काम हुँदैन । भयो भने प्रमाण समेत ल्याएर आउँदा हुन्छ। म्यानपावरले ठगी गरेको सुनेको छु तरपनि कानूनले सिधा गएर आक्रमण गर्न दिँदैन। कानूनी रुपमा कारबाही गर्ने हो। त्यसमा मैले काम गरिरहेको छु’, उनले भने।

मन्त्री अर्यालले पछिल्लो समय म्यानपावर संस्थाको नामबाट भन्दा व्यक्तिगतरुपमा पैसा लिएर ठगी गरेका गुनासो बढेकाले मन्त्रालयले त्यही अनुसार अनुसन्धान गरिरहेको बताए।

उनले मुलुकमा पछिल्लो वैदेशिक रोजगारका समय बढ्दै गएको बताए।

उनले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानको लागि मन्त्री भएर मन्त्रालयमा प्रवेश गरेदेखि लागिपरेको जिकिर गरे।

‘यो देशमा समस्या नै समस्या छ। मन्त्रालयले एउटा विज्ञप्ति जारी भएको छ। विज्ञप्ति पछाडिको भाव सबै मेनपावर व्यवसायीहरुले बुझिदिनुहोला। यसको भाव बुझेमा ठगीहरु कम हुँदै जान्छ,’ अर्यालले भने, ‘म कुनै राजनीतिक दलको मन्त्री भएर आएको होइन। म ३ करोड नेपालीहरुको मन्त्री भएर आएको हो। म मन्त्री प्रक्रियाबाट आएको हो। मन्त्री भएर मन्त्रालयमा रहँदासम्म पार्टीको मन्त्री भएर काम गर्दिन।’

मन्त्री अर्यालले श्रम मन्त्रालयमा कुनै पार्टीको मन्त्री नभएर ३ करोड नेपाली जनताको मन्त्रीको रुपमा मन्त्रालयमा काम गर्न आएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।