अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गरिने
काठमाडौँ ३ चैत । काठमाडौँ महानगरपालिकाले अस्थायी अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने तयारी गरेको छ । विगत पाँच वर्षदेखि खुलामञ्चबाट बसपार्क सञ्चालन हुँदै आएकोमा अब सर्ने भएको हो ।गोरखा भूकम्पपछि बसपार्कको रुपमा संचालनमा आएको उक्त ठाउँ एक महिनाअघि पहिलो चरणमा केही संरचना र बारबेर हटाइसकेको थियो । अहिले भने बसपार्क अन्यत्र सार्ने र बाँकी रहेका निर्माण सामग्री हटाउने काम थालेको छ ।
कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई पत्र पठाएर खाली गर्ने वातावरण बनाउन आग्रह गरिएको छ । दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनःनिर्माण अन्तिम चरणमा पुगेकाले बाँकी सामग्री र संरचना हटाउन थालिएको प्रवक्ता डङ्गोलको भनाइ छ ।
प्रवक्ता डङ्गोलले तत्काल अन्य संरचना हटाउँदै जाने र बसपार्कका विषयमा स्थानको पहिचान गरेर शुरु गरिने बताएका छन् । पाँच वर्षअघि बसपार्क रहेको स्थानमा हाल काठमाडौँ भ्यूटावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम भइरहेको छ । उक्त टावर निर्माणको कामले गति लिन नसक्दा स्थायीरूपमा बसर्पाक सञ्चालन गर्न समस्या भएको हो ।