image
image

वैदेशिक रोजगारीमा जाने श्रमिकले अब अध्यागमनमा छुट्टै लाइन बस्न पर्दैन : श्रम मन्त्री अर्याल

काठमाडौँ, १८, माघ । वैदेशिक रोजगारीमा जाने श्रमिकले अब नेपालको अध्यागमनमा छुट्टै लाइन लाग्न नपर्ने भएको छ ।

विमानस्थल प्रवेश कक्षमा रहेको श्रम डेस्क हटे पनि अध्यागमनको प्रक्रियाको क्रममा वैदेशिक रोजगारीमा जानेहरूले छुट्टै लाइन लाग्नु पर्ने अवस्था कायम रहेको पाइएपछि अरू यात्रु सरह जान पाउने व्यवस्था गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । 

आफूले श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विमानस्थल अनुगमनको क्रममा अध्यागमनको प्रक्रिया गर्दा वैदेशिक रोजगारीका लागि जानेहरूले छुट्टै लाइन लाग्नु पर्ने र व्यवहार पनि अन्य यात्रुलाई भन्दा फरक गरेको पाइएको मन्त्री अर्यालले बताउनुभयो । 

‘काम गर्नका लागि विदेश हिँडेकै कारण आफ्नै देशको विमानस्थलमा छुट्टै लाइन लाग्न पर्ने कुरा अध्यागमनमा कायम नै रहेछ, त्यो देखेपछि मैले तत्काल निर्णय गरी वैदेशिक रोजगारीमा जानेहरूले छुट्टै लाइन लाग्न नपर्ने व्यवस्था गरिएको छ’ मन्त्री अर्यालले भन्नुभयो । 

पूर्व श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठले विमानस्थलमा रहेको श्रम डेस्क हटाइ अन्य यात्रु सरह विमानस्थल प्रवेश गर्न पाउने व्यवस्था लागू गर्नुभएको थियो । विमानस्थलमा श्रम डेस्क रहँदासम्म वैदेशिक रोजगारीका हिँडेकाहरू छुट्टै गेटबाट प्रवेश गर्नुपथ्र्यों ।

श्रम डेस्क हटे पनि अध्यागमनको प्रक्रियामा फेरि विभेद गरेको पाइएपछि अन्य यात्रु सरह वैदेशिक रोजगारीमा जानेलाई पनि सेवा प्रवाह गर्ने व्यवस्था भएको मन्त्री अर्यालले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।