image
image

रविको चेतावनीबारे पेरिसडाँडामा छलफल

काठमाडौँ, १७, माघ । सत्ता गठबन्धनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउनु पर्ने राखेको अडानबारे नेकपा माओवादी केन्द्रमा छलफल भएको छ । रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट फिर्ता हुने र समर्थन फिर्ता लिने भनेर दिएको चेतावानीको विषयमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा छलफल भएको हो ।

माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले बसिरहेको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा सोमबारदेखि सुरु भएको बैठकमा मंगलबार पनि प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका पदाधिकारीहरू सहभागी छन् ।

बैठकमा सरकार सञ्चालन र गठबन्धन, गृह मन्त्रालयका विषयमा देखिएको अन्योलता र राष्ट्रपतिको निर्वाचनको विषयमा छलफल भइरहेको छ । सत्ता गठबन्धनमा गृहमन्त्रालय र राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर मतभेद बढ्दो छ ।

सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेपछि उनी पदमुक्त भएका थिए । त्यसयता गृहमन्त्रालय प्रधानमन्त्री दाहाल आफैँले सम्हालेका छन् । तर नागरिकता पुनप्र्राप्ति गरिसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले पार्टीबाट समेत निर्णय गराएर पुनः आफैँले मन्त्रालय पाउनु पर्ने दाबी गरिरहेका छन् ।

मंगलबार बिहान मात्रै लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेर गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएर फर्किएका छन् । अहिले बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले त्यही विषयमा पार्टीभित्र परामर्श लिइरहेका माओवादी केन्द्रका एक पदाधकिारीले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।