image
image

विमानस्थलमा हुने श्रमिकमाथिकाे विभेद अन्त्य, अब एउटै लाइनबाट जान पाउने

काठमाडौँ, १७, माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यवस्था गरिएको छुट्टै लाइन हटाइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आग्रहमा गृह मन्त्रालयको निर्देशनपछि विमानस्थलमा राखिने गरेको छुट्टै लाइन हटाइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थानका लागि अध्यागमन जाँचकाे समयमा वैदेशिक रोजगारीमा जानेहरूका लागि छुट्टै डेस्क रहँदै आएको थियो ।

चौतर्फी दबाबपछि उक्त डेस्क हटाइएको थियो । डेस्क हटाइए पनि अध्यागमन चेकका लागि श्रमिकहरूका लागि छुट्टै लाइनको व्यवस्था गरिएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले श्रमिकको लागि छुट्टै लाइनको व्यवस्था गरेर उनीहरूको आत्मसम्मानमा चोट पुग्ने काम भएको बताए ।

त्यही आधारमा त्यो लाइन हटाउन श्रम मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखेको थियो । उक्त पत्रको जबाफमा गृह मन्त्रालयले विभेद नगरी सहज रूपमा श्रमिकलाई पठाउन निर्देशन दिएको थियो ।

सोही आधारमा अध्यागमन जाँचका लागि राखिएको छुट्टाछुट्टै लाइन हटाइएको उनको भनाइ छ ।

छुट्टै लाइनको व्यवस्था गरिएपछि श्रमिकहरूको आत्मसम्मानमा ठेस पुगेको टिप्पणी हुने गरेको थियो । विदेश यात्रामा जाने, अध्ययन बिदामा जाने, डिम्लोमेटिक भ्रमणमा जानेहरूलाई छुट्टै लाइनमा राखेर चेकअप गरिँदै आएको थियो ।

छुट्टै लाइनको व्यवस्था गरेर अध्यागमनका कर्मचारीहरूले अनेक प्रश्न सोधेर अनावश्यक दुःख दिने गरेको श्रमिकहरुको गुनासो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।