image
image

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आत्मनिर्भर लघुवित्तको आईपीओ बिक्री खुला

काठमाडौँ, १६, माघ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले २० हजार ३३८ कित्ता आईपीओ आज (माघ १६ गते)देखि जारी गर्ने भएको छ। संस्थाले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २० लाख ३३ हजार ८ सय रुपैयाँबराबरको आइपिओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गर्न लागेको हो।

उक्त आईपीओ संस्थाले सर्बसाधारणको लागि छुत्याइएको २.६२५ प्रतिशतले हुन आउने कुल २ लाख ३ हजार ३८० कित्तामा १० प्रतिशतले हुन आउने २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गर्न लागेको हो ।

यस आइपिओमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटले गर्ने छ।  यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका आवेदन दिन पाउने छन्। यस आइपिओमा लगानीकर्ताले फागुन १ गतेसम्म आवेदन दिन पाउनेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट सी–आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।