image
image

यूएईमा कामदारमाथि हातपात गर्ने मालिकलाई १ वर्षसम्म कैद र १ लाख दिराम जरिवाना

काठमाडौँ, ९, माघ । यूएई सरकारले स्वदेश तथा विदशी कामदारमाथि हातपात गर्ने रोजगारदाता कम्पनीलाई कारवाहीसँगै आर्थिक जरिमाना तिराउने प्रावधान ल्याएको छ । 

रोजगारीमा कार्यरत कर्मचारी र श्रमिकमाथि हातपात गर्ने रोजगारदातालाई १ वर्षसम्म कैद र १ लाख दिराम (३२ लाख  नेपाली रुपैयाँँ) सम्म जरिवाना हुने व्यवस्था गरिएको न्युज एजेन्सी युएई पोष्टले जनाएको छ । 

योजनावद्ध ढंगले कामदारमाथि व्यक्तिगत वा सामूहिक दुर्व्यवहार गरेको अवस्थामा १ वर्षसम्म कैद र १ लाख दिराम जरिवानासँगै घटनाको प्रकृत्ति हेरी दुवै सजाय हुने व्यवस्था गरिएको जनाइएको छ । 

यूएईले २०२१ को फेडेरल डिक्री ल नम्बर ३१ को धारा २९७ मा श्रमिकमाथि काम गर्न अनावश्यकरुपमा बाध्य पार्ने नियतले बल, हिंसा वा धम्कीको प्रयोग गरेमा ६ महिनाभन्दा कम अवधिका लागि थुनामा राख्ने सजाय हुने व्यवस्था गरेको छ । तर, यूएई सरकारले रोजगारदाता कम्पनी कामदारमाथि मालिक हातपात गर्ने प्रवृत्ति बढेसँग नयाँ कानुन ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।