image
image

वैदेशिक रोजगारमा लगाइदिने भन्दै दुई करोड ८७ लाख रुपैयाँ ठगी

काठमाडौँ, ६, माघ । जापानमा रोजगारीका लागि पठाइदिने भन्दै पाँचजनाले दुई करोड ८७ लाख रुपैयाँ ठगी गरेको आरोप लगाउँदै पीडितले कारबाहीको माग गरेका छन्।

मोरङको सुनवर्षी, रङ्गेली नगरपालिका र कटहरि गाउँपालिकाका ३७ जनाले  बिहीबार पत्रकार सम्मेलन गरी सुनवर्षी नगरपालिका–६ पटियापाडाका अजय राजवंशी, रञ्जितकुमार राजवंशी, अनुराधा राजवंशी, विद्याकुमारी राजवंशी र चितवनका नारायणका राजेन्द्र अधिकारीलाई कारबाहीको माग गरेका हुन्।

उनीहरूले यो वर्षको वैशाखदेखि पुस मसान्तसम्ममा  विभिन्न बैंकमार्फत रकम लिएर फरार भएको पीडितको आरोप छ।  पीडितमध्येका कटहरि गाउँपालिकाका विवेक राजवंशीले आरोपीले जापानमा राम्रो रोजगारी लगाइदिने भन्दै कागजपत्र देखाएर आफूसँग १८ लाख जम्मा गर्न लगाएको दाबी गरे।

यसैगरीसुनवर्षी नगरपालिका–६ का सुरेन्द्रकुमार राजवंशीले छोरा राहुल राजवंशी र ज्वाई मदनकुमार राजवंशीलाई रोजगारीमा पठाउन पटकपटक गरी बैंकमार्फत  १९ लाख भुक्तानी दिएको भौचर देखाए।

पीडितले ३६ देखि ६० प्रतिशत ब्याजमा घर जग्गा धितोमा राखी रकम दिएको बताए । पीडितले इलाका प्रहरी प्रशासन कार्यालय रङ्गेली, इलाका प्रहरी कार्यालय र‌गेली, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय विराटनगरमा उजुरी दिएका छन्। आरोपी सबै फरार रहेको बताइएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।