image
image

सोझै स्वार्थ बाझिने "श्रममन्त्री" नै म्यानपावर व्यवसायी , म्यानपावर को वेबसाइट बन्द !

काठमाडौँ, ४, माघ । नव नियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हाल्ने जिम्मा पाएका श्रम मन्त्री डिपी अर्याल म्यानपावर व्यवसायी रहेको पाइएको छ । उनी  राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद हुन्।   

रास्वपाले गरेको निर्णयका आधारमा पार्टी उपसभापति समेत रहेका डोलप्रसाद अर्यालले मंगलबार पद तथा गोपनीयताको शपथ लिए ।

अर्याल सोझै स्वार्थ बाझिने मन्त्रालयमा मन्त्री बनेर आएका छन् । अर्याल म्यानपावर कम्पनीसँग पनि जोडिएर आफ्ना व्यवसायहरू चलाउँछन् । उनी रेमिट्यान्स् व्यवसायमा समेत संलग्न छन् ।

उनी नयाँ बानेश्वरको श्रृष्टि ओभरसिज इम्प्लोयमेन्ट सर्भिस प्रालिका अन्तर्राष्ट्रिय बजार निर्देशक हुन् । हिजो सपथ खाने बेला सम्म ओभरसिजको आधिकारिक वेबसाइटका अनुसार यो म्यानपावर कम्पनीको पार्टनरका रूपमा अर्यालकै कम्पनी सुमिरे ट्राभल एन्ड टुर्स पनि छ। अहिले उक्त वेबसाइट बन्द गरिएको छ।  

अर्यालले जापानबाट एक परियोजनामार्फत श्रमिक विदेश लैजानका लागि एक एजेन्टसँग सम्पर्क गराएका थिए ।   म्यानपावर व्यवसायीलाई नियमन गर्ने मन्त्रालयको नेतृत्वमा नै म्यानपावर कम्पनीसंग  जोडिएका व्यवसायी पुगेपछि भविष्यमा पीडित श्रमिकले झन् बढी सास्ती भोग्ने अवस्था आउने डर विज्ञहरु बताउँछन् ।

समानुपातिक पद्धतिबाट सांसद् उनी जापान केन्द्रित रेमिट्यान्स् कम्पनी इजीलिंक रेमिटका सञ्चालक हुन् । कम्पनीको वेबसाइटमा उनी इजीलिंक रेमिटको निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेको उल्लेख छ   ।धादिङको ज्वालामुखी गाउँपालिका स्थायी घर भएका अर्याल आफूलाई सहकारी अभियन्ताका रुपमा चिनाउने गर्छन् । 

उनी जनसागर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष समेत भएका थिए । रवि लामिछाने फाउन्डेसनले रास्कोट कम्युनिटी हस्पिटल बनाउने क्रममा रवि लामिछानेसँग जोडिएका उनले रास्वपा गठनपछि प्रवास विभाग प्रमुखको जिम्मेवारी पाएका थिए ।  लामिछाने २८ असोज २०७५मा अर्यालको कम्पनी इजीलिंकको ब्रान्ड एम्बेसडर समेत बनेका थिए । म्यानपावर व्यवसायी नै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त समाचार बाहिरिएसंगै उक्त म्यानपावरको वेवसाइट समेत बन्द गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।