image
image

सुन प्रतितोला एक लाख पाँच हजार १०० मा कारोबार

काठमाडौँ, ३, माघ । स्थानीय बजारमा सुन प्रतितोला एक लाख पाँच हजार १०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य १०० रुपैयाँले घटेर कारोबार भएको हो ।

गत वर्षको फागुन २५ गते एक लाख पाँच हजार ५०० रुपैयाँ पुगेको थियो । त्यसयता एक लाखभन्दा कम मूल्यमा कारोबार भएको सुन अहिले उच्च विन्दु छुने प्रयासमा रहेको देखिन्छ ।

आज तेजावी सुन प्रतितोला एक लाख चार हजार ६०० रुपैयाँम कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबारको तुलनामा तेजावी सुन प्रतितोला १०० रुपैयाँ घटेको हो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।