image
image

पाँचपोखरी थाङपाल गाँउपालिकामा सात सय मेट्रिकटन आलु उत्पादन

काठमाडौँ, २७, पुस । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाँउपालिकामा यस वर्ष सात सय मेट्रिकटन आलु उत्पादन भएको छ ।

 पाँचपोखरी थाङ्पाल गाउँपालिका भोताङका किसानले मात्रै यस वर्ष चार हजार दुई सय किलो आलुको बीउ बिक्री गरेका छन् । 


गाउँपालिकाको समन्वयमा उत्पादित आलुलाई प्रतिकिलो रु ७० का दरले बिक्री गरिएको भोताङका कृषक सुमेश तामाङले जानकारी दिए । 

सात सयमध्ये पाँच सय गाउँपालिकाभित्र बिक्री तथा खपत र दुई सय मेट्रिकटन पालिका बाहिर बिक्री भएको कृषि शाखा प्रमुख निमराज गिरीले बताए ।

“गत वर्ष किसानका घरघरमा पुगेर आलुको बीउ बाँडेका थियौँ । अहिले उत्पादित आलुले बजार पाएकामा किसानमा हौसला बढेको छ”, उनले भने । 

स्थानीय उत्पादनलाई जोड दिँदै हरेक वडालाई गाँउपालिकाले कृषि पकेट क्षेत्र तोकेको छ । कृषि शाखा प्रमुख गिरीले आर्गनिक उत्पादनलाई वृद्धि गराउन तालिमको व्यवस्था गर्न लागिएको बताए। 

 गाउँपालिका अध्यक्ष टासी लामाले स्थानीय उत्पादनलाई  प्राथमिकतामा राख्दै कृषिलाई पर्यटनसँग जोड्ने बताए । 

पर्यटन र कृषिबाट नै गाउँपालिकालाई समृद्ध बनाउन सकिने उनको भनाइ छ । अहिले गाउँपालिकाभित्रका कृषि उत्पादनले बजार पाउन थालेपछि किसान उत्पादनमुखी हुन थालेका छन् । गाँउपालिका भरिमा पाँच सय घरपरिवार आलुमा आत्मनिर्भर छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।