image
image

सिजनल भिसा, शून्य लागतमा कसरी जाने विदेश ?

काठमाडौँ, २६, पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी (सिजनल भिसा) मा जाने कामदारलाई शून्य लागतमा पठाउने गरी कार्यविधि बनाएको छ । वैदेशिक रोजगार ऐन तथा नियमावलीमा कम्तीमा २ वर्ष अवधिको श्रम स्वीकृति दिने प्रावधान छ । तर, मौसमी रोजगारीमा जाने कामदारको हकमा करारको अवधि हुँदैन । 

मौसमी कामदार (सिजनल वर्कर)को कार्यविधि लागू भएपछि यो क्षेत्रमा पनि वैधानिक रूपमा वैदेशिक रोजगारीमा कामदार जाने बाटो खुलेको श्रम मन्त्रालयले जनाएको छ । 

पछिल्लो समय दक्षिया कोरिया, इजरायल, जर्मनी र बेलायतजस्ता देशले मौसमी कामदारको माग गरेपछि मन्त्रालयले त्यस्तो रोजगारीमा जाने कामदारलाई पनि श्रम स्वीकृति दिएर पठाउने कार्यविधि लागू गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए । 

स्थानीय तहहरूले कामदारको छनोट गरे पनि त्यसको सम्पूर्ण विवरण श्रम मन्त्रालयमा पठाउनुपर्ने सचिव अर्यालले बताए । स्थानीय पालिकाहरूले दक्षिण कोरियालगायत देशसँग भगिनी सम्बन्ध कायम गरी आफूखुसी मौसमी कामदार पठाउने तयारी गरेपछि मन्त्रालयले वैदेशिक रोजगारमा कामदार पठाउने एकमात्र आधिकारिक निकाय श्रम मन्त्रालय भएको बताएको छ । 

स्थानीय तहहरूले मौसमी कामदारको रूपमा दक्षिण कोरियामा कामदार पठाउन लागेपछि त्यसलाई तत्काल रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत जेठ २० गते सबै स्थानीय तहलाई परिपत्र गरेको थियो । उक्त परिपत्रपछि स्थानीय तहले मौसमी कामदार पठाउन बन्द गरेका थिए ।

अब कार्यविधि लागू भएपछि श्रम मन्त्रालयले स्वीकृति दिएपछि मात्र स्थानीय तहले मौसमी कामदार पठाउन सक्नेछन् । 

यसरी जान सकिन्छ
मौसमी कामदारको भिसा प्राप्त गर्न कुनै संस्था वा म्यानपावरको भर पर्नुपर्दैन । तर आफैँ भर्न नजान्ने र विभिन्न प्रलोभन देखाएर फारम भरिदिने म्यानपावरको भर परेर धेरै मानिस ठगिने गरेका छन् ।मौसमी कामदार माग गर्ने रोजगारदाता कम्पनीहरूले सम्बन्धित देशकै श्रम विभाग, श्रम कार्यालय, रोजगार विभाग र अध्यागमनमार्फत् कोटा छुट्ट्याउने गरेका छन् । 

यसरी छुट्ट्याएको कोटा सम्बन्धित देशको कूटनीतिक नियोग, रोजगार विभाग र श्रम कार्यालयमा जानकारी गराउने गरेका छन् । नेपाली कामदारको हकमा युकेको मौसमी रोजगारी आकर्षक मानिएको छ । यसैगरी क्यानडा, नर्वे, इजरायललगायत देशले पनि कामदार माग गर्दै आएका छन् । यी देशले आफ्नो देशको आधिकारिक निकाय रोजगार सेन्टर, रोजगार व्यवस्थापन विभाग र केही निजी संस्थामार्फत मौसमी कामदार माग गर्दै आएका छन् ।

मौसमी कामदार माग गर्दै आएका सबै रोजगारदाता देशले रोजगारदाता कम्पनीले श्रमिकको माग गरेअनुसार आफ्नो वेबसाइटमा आवेदन फर्म राखेको हुन्छ । यस्तो आवेदन सीमित समयका लागि खुलाइएको हुन्छ । त्यही समय सीमाभित्र मौसमी रोजगारीमा जाने कामदारले आवेदन दिनुपर्ने हुन्छ ।

आवेदनमा कामदारले आफ्नो व्यक्तिगत विवरण, काम गरेको अनुभव र तालिमसम्बन्धी अनुभवसमेत पेस गरेपछि रोजदारदाता देशले त्यही आधारमा रोजगारदाता कम्पनी खोजेर भिसाको प्रक्रिया अगाडि बढाइदिन्छ । आवेदनका आधारमा रोजगारदाता कम्पनीले कामदारसँग सीधै सम्र्पक गर्ने गरेका छन् । 

मौसमी रोजगारीका लागि युके, दक्षिण कोरियालगायत देशमा कामदार जाने गरे पनि मन्त्रालयसँग समन्वय नगरी गइरहेको हुँदा कति गए भन्ने तथ्यांक नभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए । 

मौसमी रोजगारीमा जान तयारी गर्नेहरूले लाग्नेभन्दा दोब्बर बढी शुल्क तिर्नुपरेको भन्दै मन्त्रालयमा गुनासो गर्ने गरेको उनले बताए ।

‘मौसमी रोजगारीमा जाने कामदारलाई केही खर्च लाग्दैन । उनीहरूको खर्च रोजगारदाता कम्पनीले बेहोर्छ । सरकारले बनाएको कार्यविधिमा यो विषय प्रष्ट पारिएको छ,’ उनले भने, ‘२ वर्षभन्दा कम समयका लागि रोजगारीमा जानेका लागि पनि श्रम स्वीकृति तथा बिमाको व्यवस्था लागू भएको छ । मौमसी रोजगारीमा जाने कामदारले पनि समस्या हुँदा, अंगभंग र मृत्यु भएमा क्षतिपूर्ति पाउँछन् ।’

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाँदा विदेशमा मृत्यु भएमा म्यादी जीवन बिमाबाहेक वैदेशिक रोजगार बोर्डले ७ लाख रूपैयाँ परिवारलाई क्षतिपूर्ति दिने व्यवस्था छ । साथै म्यादी बिमाबापत बिमा कम्पनीहरूले करिब १४ लाख रूपैयाँ प्रदान गर्छन् । श्रम स्वीकृति लिएर विदेश जानेको हकमा म्यादी बिमा अनिवार्य छ । 

त्यस्तै, विदेशमा बिरामी, अंगभंग हुनेले ७ लाख रूपैयाँसम्म उपचार खर्च पाउँछन् ।खासगरी पछिल्लो समय मौसमी कामदारको रूपमा ६ महिनादेखि १ वर्षसम्मका लागि विभिन्न देशले नेपाली कामदार लैजाने गरेका छन् ।छोटो समयका लागि पनि श्रम स्वीकृति दिने व्यवस्थाले श्रमिकको हित हुने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।