image
image

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन कार्यक्रम स्वीकृत

काठमाडौँ, २५, पुस । लुम्बिनी प्रदेशबाट प्रतिनीधित्व  गर्ने राष्ट्रिय सभाको रिक्त एक पदका लागि मिति २०७९/१०/२५ गते बुधबारका दिन हुने उपनिर्वाचनका लागि हायोगले उपनिर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

स्वीकृत कार्यक्रम अनुसार मिति २०७९/ १०/ ८ गते मतदाता नामावलि प्रकाशन गर्ने दाबि विरोध लगाएतका प्रकृया पूरा गरि ऐ.१० गते अन्तिम नामावलि प्रकाशन गर्ने तथा २०७९/ १०/ ११ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गरि दाबि बिरोध, छानविन, उम्मेदवारले नाम फिर्ता लिने लगायतका प्रकृया पुरा गरि ऐ .  १६ गते उम्मेदवारको अन्तिम नामावलि प्रकाशन गर्ने कार्यक्रम रहेको छ । साथै मिति २०७९/ १०/ १६ गते नै उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण गर्ने तथा ऐ .२५ गते विहान १० बजे देखी अपरान्ह ३ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको छ । 

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणलि तर्फको उम्मेदवारको नाम बन्दसुचिमा नाम समावेश भएको व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन निर्वाचन ऐन, २०७४को दफा ३० मा भएको व्यवस्था अनुसार सोहि दफाहरुको उपदफा (१) को प्रतिवन्भक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन पाउने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।