image
image

नेपालगञ्जमा दादुरा देखिएपछि भोलिदेखि खोप अभियान चलाइँदै

काठमाडौँ, २१, पुस । नेपालगञ्जमा दादुराको प्रकोप देखिएपछि खोप अभियानको तयारी भएको छ। नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले शुक्रबारदेखि नै दादुरा देखिएका वडामा खोप अभियान चलाउने जानकारी दिए।

नेपालगञ्जको ५, ७, ८, ९, १०, ११, १४, १५, २२ नम्बर वडामा खोप अभियान चलाइँदै छ। अभियान सबै वडामा पुर्‍याउने तयारी छ। नेपालगञ्जमा ५ वर्षमाथिका बालबालिकामा प्रकोप देखिएकाले ९ महिनादेखि १५ वर्ष उमेरका बालबालिकामा खोप लगाइँदै छ।

नेपालगञ्ज उपमहानगरपालिकाले दादुरा देखिएका बालबालिकालाई घरमै छुट्टै राखेर उपचार गर्ने, गम्भीर बिरामी भएकालाई अस्पताल लैजाने व्यवस्था मिलाएको चन्दले बताए। दादुराले नेपालगञ्जमा एक बालकको मृत्यु भइसकेको छ भने २९ जना बढी बिरामी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।