image
image

कर्णालीमा २७ पुसभित्र सरकार गठन गर्न आह्वान

काठमाडौँ, २१, पुस ।  कर्णाली प्रदेशमा सरकार गठनका लागि आव्ह्वान गरिएको छ । प्रदेश प्रमुखको कार्यालयले ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरेको हो । प्रदेश प्रमुख तिलक परियारले बिहीबार ७ दिनको समय राखी २७ पुस बुधबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् ।संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान भएको हो ।


कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन हुने संवैधानिक व्यवस्था छ । कर्णाली प्रदेशमा ४० सदस्य छन् । सरकार गठनका लागि २१ सिट आवश्यक पर्दछ । जसमा नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा (एमाले)का १०, राप्रपा, नेकपा (एकीकृत समाजवादी) र  स्वतन्त्र सांसद १/१ छन् ।


बहुमतका लागि २१ सांसद चाहिन्छ । एमाले र माओवादी केन्द्र मिलेर सहजै सरकार बन्ने अवस्था छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।