प्रधानमन्त्री र माधव नेपालबीच भेटवार्ता
काठमाडौँ, २०, पुस । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
सरकारमा एकीकृत समाजवादीको सहभागीता र आगामी राजनीतिक सहकार्यका विषयमा प्रचण्ड र नेपालका बीचमा छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ ।









