image
image

महान्यायाधिवक्ता पाेखरेलद्वारा पदभार ग्रहण

काठमाडौँ, १४, पुस । महान्यायाधिवक्ता दीनमणि पोखरेलले पदभार ग्रहण गरेका छन् । आजै पद तथा गोपनीयताको शपथ लिएका उनले रामशाहपथस्थित महान्याधिवक्ताको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले महान्यायाधिवक्तामा अधिवक्ता डा. पोखरेललाई सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम नेपालको महान्यायाधिवक्ता पदमा पाेखरेललाई नियुक्त गरेकी थिइन् । 

पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका हुन् ।

शपथ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेलगायत शीर्ष नेता सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।