image
image

नेपाल वायुसेवा निगमले माग्यो १३८ जना कर्मचारी, कुन तहमा कति ?

काठमाडौँ, १, पुस । नेपाल वायुसेवा निगमले रिक्त पदहरुमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । निगमले चौथो तहदेखि सातौँ तहसम्म रिक्त पदहरुमा १३८ जनाको आवेदन माग गरेको हो ।

निगमले वरिष्ठ प्राविधिक पदका लागि ७ जना, अधिकृत तह छैटौं पदतर्फ प्रशासन/सामान्य प्रशासनतर्फ २८ जना, लेखा अधिकृकततर्फ ११ जना, प्रशासन/सामान्य प्रशासन/कानूनतर्फ १२ जना कर्मचारी माग गरेको छ ।

यस्तै, निगमले वरिष्ठ सहायक पाँचौ तह प्रशासन/सामान्य प्रशासन पदका लागि २२ जना, वरिष्ठ सहायक पाँचौ तहका लागि प्रशासन/लेखा पदका लागि ८ जना कर्मचारी माग गरेको छ ।

वरिष्ठ प्राविधिक(एभियोनिक्स) पदका लागि ११ जना, वरिष्ठ प्राविधिक(एयरफ्रेम एण्ड इन्जिन) पदका लागि १० जना, वरिष्ठ प्राविधिक)इलेक्ट्रिकल) र सिनियर ग्राउन्ड इक्युपमेन्ट अपरेटर पदका दागि निगमले एक/एक जना कर्मचारी माग गरेको छ ।

यस्तै, निगमले सहायक पदका लागि ३६ जना र लेखा सहायक पदका लागि एक जना कर्मचारी माग गरेको छ ।

खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ । २१ दिनभित्र आवेदन दिनु पर्ने निगमले जनाएको छ ।

योग्यता पुगेका उम्दवारहरुले निगमको अनलाइन दरखास्त प्रणाली मार्फत आवश्यक विवरण भरी उक्त प्रणालीमा रहेको कनेक्ट आइपीएस भुक्तानी प्रणालीमार्फत आवेदन दिन सकिने निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।