image
image

विश्वकप फुटबल: अर्जेन्टिना फाइनलमा प्रवेश

काठमाडौँ / दुईपटकको विश्वविजेता अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३-० को सानदार जीत निकाल्दै उपाधी भिडन्तमा स्थान पक्का बनाएको हो ।

लुसेल रंगशालामा आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा कप्तान लियोनल मेस्सीले एक गोल र जुलियन अल्भारेजले दुई गोल गरेका थिए । क्रोएसियाले पहिलो हाफ दवाब बनाएपनि खेलको चौतीसौं मिनेटमा पाएको पेनाल्टी प्रहारलाई मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

खेलको ३९औं मिनेटमा काउन्टर एट्याकमा अल्भारेजले वान टु वानको स्थितिमा अर्को गोल गर्दै अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको थियो । पहिलो हाफ २-० ले अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा बल पकट बलियो बनाउँदै क्रोएसियालाई अबसर सिर्जना गर्न दिएन खेलको ६९औं मिनेटमा मेस्सीले दिएको कट ब्याकमा अल्भारेजले सुन्दर गोल गर्दै अर्जेन्टिनाको जीत निश्चित गरेका थिए ।

अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले विश्वकपमा एघार गोल गर्दै अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ताको सूचीमा आफ्नो नाम दर्ता गराएका छन् । फिफा विश्वकप २०२२ को फाइनल उपाधीका लागि अब अर्जेन्टिनाले दोस्रो सेमिफाइनलको विजेता फ्रान्स वा मोरक्कोसँग खेल्नेछ ।

दोस्रो सेमिफाइनल खेल आज मध्यराती १२.४५ बजे साविक विजेता फ्रान्स र अफ्रिकी राष्ट्र मोरक्कोबीच अल बायत रंगलशालामा खेलिंदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।