image
image

बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता

काठमाडौँ, २५, मंसिर । बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता रहेको छ ।   

ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगिताको विजेताले  रु एक लाख २५ हजार र ट्रफी तथा  उपविजेताले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताका सबै खेल दशरथचन्द खेल मैदान सुन्दर खालीमा खेलाइनेछ । प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग पुग्ने सचिव चन्दले बताए । 

“खेलाडी उत्पादन गर्न तथा उनीहरूको क्षमता अभिवृद्धिका लागि बर्सेनि भलिबल प्रतियोगिता  आयोजना गर्दै आएका छौँ”, उनले भने । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।