image
image

वैदेशिक रोजगारमा रहेका नेपालीले कुमारी बैंकबाट आइपिओमा आवेदन दिन सक्ने

काठमाडौँ, २२, मंसिर । कुमारी बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आइपिओ बचत खाता सञ्चालनमा ल्याएको छ। 

यस खातामार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरूका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक सेयर निष्कासनमा आवेदन दिने व्यवस्था मिलाइएको कम्पनीले बताएको छ।  

श्रम स्वीकृति, वैध भिषा र पासपोर्टका आधारमा रेमिट आइपिओ बचत खाता खोली प्राथमिक सेयरमा आवेदन दिन सकिने छ। 

शाखा अथवा अनलाइन माध्यमबाट समेत सो खाता खोल्न सकिने व्यवस्था मिलाएको बैंकको भनाइ छ।

वैदेशिक रोजगारमा रहेका नेपालीले प्रथमिक शेयरमा लगानी गर्ने अवसरलाई सुनिश्चित गर्न कुमारी बैंकले ल्याएको यस सुविधाले मद्दत गर्ने विश्वास गरिएको छ।

बैंकले १९९ शाखा सञ्जाल, १९५ एटिएम, ६० शाखारहित बैंकिङ इकाई तथा ३६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा सुविधाहरू प्रदान गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।