image
image

वैदेशिक रोजगार बीमाबाट एक अर्ब १६ करोड बीमाशुल्क संकलन

काठमाडौँ, २२, मंसिर । जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमाबाट एक अर्बबढी बीमाशुल्क संकलन गरेका छन् ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको कात्तिक महिनासम्ममा कम्पनीहरुले एक अर्ब १६ करोड ३७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

कात्तिकसम्ममा ११ जीवन बीमा कम्पनीहरुले १२ लाख १२ हजार ४६२ वटा बीमालेख जारी गरी उक्त रकम संकलन गरेका हुन्।

यस अवधिमा सन नेपालले मात्रै ५१ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ । इन्स्योरेन्समा सक्रिय बीमालेखको संख्या ६ लाख ३७ हजार ६५ वटा रहेका छन् ।

सन नेपाल लाइफ पछि सूर्या लाइफले वैदेशिक रोजगाररका बीमालेख जारी गरी १७ करोड ३६ लाख रुपैयाँ संकलन गरेको छ । यस अवधिसम्मा कम्पनीमा सक्रिय बीमालेखको संख्या १ लाख १५ हजार ४८७ रहेको छ ।

ज्योतिले ११ करोड ७६ लाख, सानिमाले १० करोड ३ लाख, नेपाल लाइफले तीन करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको प्राधिकरणको तथ्यांक छ । ज्योति लाइफको सक्रिय रहेको बीमालेखको संख्या एक लाख ४ हजार १८४, नेपाल लाइफमा ३७ लाख ४३४ र सानिमामा २३ हजार ६० वटा रहेको छ ।

सिटिजन लाइफमा सक्रिय बीमालेखको संख्या एक लाख ४७ हजार ३८२ वटा रहेको छ । यस अवधिमा इन्स्योरेन्सले ८ करोड ३४ लाख बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, आइएमई लाइफले ७ करोड ६३ लाख रुपैयाँ, रिलायबलले ४ करोड ५६ लाख, नेशनल लाइफले ७८ लाख रुपैयाँ र प्रभु लाइफले ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

आइएमई लाइफमा १९ हजार ४०९ वटा, रिलायबलमा ११ हजार १८०, नेशनलमा ३५ हजार ८१७ वटा र प्रभु लाइफमा ८८९ वटा बीमालेख सक्रिय रहेका छन् ।

कम्पनीहरुले कात्तिक महिनामा मात्रै ७७ लाख ४७ वटा बीमालेख जारी गरी ३२ लाख ५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।